मंगलबार, वैशाख ११, २०८१

रोयल इन्फिल्डद्वारा आफ्नो सबै भन्दा लोकप्रिय ब्राण्ड सार्वजनिक

नेपालखोज २०७७ मंसिर १३ गते १९:००

काठमाडौं । रोयल इन्फिल्ड ब्रान्डले आज आफ्नो सबै भन्दा लोकप्रिय मोडल, क्लासिक ३५० सिसी को सिग्नल्स भेरियन्ट अन्तर्गतदुई नयाँ आकर्षक रङ्गहरु, एयर ब्रोन ब्लुु र स्ट्रोम राईडर स्याण्ड सर्वजनिक गरेको छ ।

रेट्रोलूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबिएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखि नै सफलता हाशिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहास लाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको हो । आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनि यस मोटरसाईकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ

नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रालीले आफ्नो १९ वटै शाखा तथा डिलरहरुमा क्लासिक ३५० सिसी सिग्लन्स बिक्री प्रर्वद्धन शुरु गर्ने भएको छ । बिएस आईभी संस्करण अन्तर्गत रेट्रोलूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागि डुअल च्यालन एबिएस पनि राखिएको छ र यस्को मुल्य रु ५,९९,९९९/– मात्र राखिएको छ ।

यो मोटरसाइकल एयरब्रोन ब्लु र स्ट्रोम राईडर स्याण्ड गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गतेदेखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिनेछ । इस्वी सम्वत २००८ देखि बिक्री बितरणमा आएको रोयल इन्फिल्ड क्लासिक ३५० सिसी मोडलका मोटरसाईकलहरुले दोस्रो विश्व युद्ध पश्चातको ब्रिटिस मोटरसाईकलहरुको स्मरण गराउँछ, जुन सरल तर एक्दमै मज्बुत थिए ।

प्रतिक्रिया