शनिबार, वैशाख २२, २०८१

नेक्सन इभि म्याक्सको डार्क एडिशन

नेपालखोज २०८० वैशाख ६ गते १४:३३

काठमाडौं । टाटा मोटर्सले आफ्नो सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयुभि नेक्सन इभि म्याक्सको नयाँ डार्क एडिशन सार्वजनिक गरेको छ । टाटाले यस अघि नेक्सन इभि प्राइमको कालो भर्सन उपलब्ध गराएको थियो । अब उही रंग विकल्पमा नेक्सन इभि म्याक्स पनि छनोट गर्न सकिनेछ । नयाँ नेक्सन इभि म्याक्स डार्क संस्करण दुई भेरियन्टमा उपलब्ध छ ।

भारतमा नेक्सन इभि म्याक्स को मूल्य २६.३८ लाख देखि ३१.२६ लाख (एक्स-शोरूम) सम्म पर्छ । यसमा नेपाल सरकारको भंसार – राजश्व , कर आदि जोडिएको छैन भने यो मूल्य नेपाली मुद्रामा हो । डार्क संस्करणको मूल्य नियमित भेरियन्टभन्दा ८८ हजार रुपैयाँ बढी छ। XZ+ संस्करणको तुलनामा यो मुल्य ३.२८ लाखले बढी हो ।

यसको XZ+ LUX भेरियन्टको मूल्य १९.०४ लाख भारतिय रुपैयाँ तथा XZ+ LUX को ७.२ kW AC फास्ट चार्जरको मूल्य १९.५४ लाख भारतिय रुपैयाँ छ ।

नेक्सन ईभी म्याक्सको डार्क संस्करणमा नयाँ सुविधाहरू

नेक्सन ईभी म्याक्स डार्क एडिसनमा वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले ले सुसज्जित १०.२५ इन्चको टचस्क्रिन प्रणाली र ६ क्षेत्रीय भाषाहरूमा १८० भन्दा बढी भ्वाइस आदेश पालन जस्ता सुविधाहरू उपलब्ध गराइएकोछ । नेक्सन ईभी म्याक्सको ग्लोबल एनसिएपि ( NCAP ) ले परीक्षण गर्न बाँकी छ । यद्यपि यसको पेट्रोल भेरियन्टले पाँच तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ । सुरक्षा फिचरका दृष्टिले यो कारमा डुअल फ्रन्ट एयरब्याग, रियर पार्किङ क्यामेरा, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम, चारै पाङ्ग्रामा डिस्क ब्रेक, एबीएस तथा ईबीएस पहिलेको जस्तै दिइएको छ ।

नेक्सन ईभी म्याक्स डार्क एडिसनको विशेषताहरूको कुरा गर्दा यसमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, AQI डिस्प्ले भएको एयर प्युरिफायर, वायरलेस स्मार्टफोन चार्जर, अटो हेडल्याम्प तथा अटो-डिमिङ IRVM उपलब्ध हुन्छ । सुबिधाहरुको यो सूचीमा स्वचालित तापक्रम नियन्त्रण, कुल्ड ग्लोभबक्स, रियर एसी भेन्ट्स, रियर वाइपर वाशर तथा डिफोगर, पुश बटन स्टार्ट/स्टप (PEPS) सहितको स्मार्ट कि र विद्युतीय रूपमा संचालित ORVMS पनि समावेश छन् ।

नेक्सन ईभी म्याक्स डार्क एडिसनमा ४०.५ kWh को शक्तिशाली लिथियम आयन ब्याट्री प्याक दिइएको छ । यो हालको टाटा नेक्सन ईभी प्राइमको तुलनामा ३३ प्रतिशत बढी ब्याट्री क्षमता हो । यो कारले एकपटकको फुल चार्जमा ४ सय ३७ किलोमिटरसम्मको रेन्ज दिनेछ । नेक्सन ईभी म्याक्समा फास्ट चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ । ७.२ किलोवाटको एसी फास्ट चार्जरका साथ यसलाई नियमित समयमा ६.५ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ ।

यसैगरि व्यवसायिक रूपमा प्रयोग हुने ५० किलोवाटको डीसी चार्जरले ५६ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्नेछ । १४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्ने नेक्सन ईभी म्याक्स डार्क एडिसनले जिप्ट्रोन टेक्नोलोजीका साथ स्थायी चुम्बक सिंक्रोनस मोटर पाउँछ , जुन नेक्सन ईभी म्याक्समा पनि उपलब्ध छ । यो मोटरले अधिकतम १४३ पीएस पावर र २५० एनएमको तत्काल टर्क उत्पन्न गर्छ। यो कारले ९ सेकेण्डमा ०–१०० किलोमिटरको स्पीड पकड्छ ।

नेक्सन ईभी म्याक्सको डार्क एडिसनको बाहिरी डिजाइन नेक्सन ईभी म्याक्स कै जस्तो छ भने यसले अन्य डार्क संस्करणहरू जस्तै सबै नियमित अपडेटहरू प्राप्त गरेकोछ । यसमा मिडनाइट ब्ल्याक कलर फिनिसिङ तथा ग्रिल र विंडो लाइन को तल साटिन ब्लाक स्ट्रिप  लाइनमा साटन कालो स्ट्रिप र फेन्डरहरूमा डार्क ब्याजिङ दिइएको छ । यो कारमा मिडनाइट ब्ल्याक कलरको चारकोल , ग्रे कलरको एलोय ह्वील तथा ट्राइ एरो डीआरएलसहित प्रोजेक्टर हेडल्याम्पहरू छन् । अन्य बाह्य परिवर्तनमा ट्राइ-एरो एलईडी टेल-ल्याम्प, शार्क फिन एन्टेना तथा रूफ रेल्स समावेश छन्।

आन्तरिक डिजाइन तर्फ नेक्सन म्याक्स डार्क एडिसनको क्याबिनले नीलो हाइलाइटका साथ कालो रंगको थिम पाउँछ जसले यसलाई यो इलेक्ट्रिक कार हो भन्ने देखाउँछ । त्यहाँ एउटा पियानो आकारको कालो चम्किलो ड्यासबोर्ड छ ट्राई-एरो प्याटर्नका साथ । यसको स्टेयरिङ ह्वील निलो सिलाई भएक‍ो छालाको कभरले बेरिएको छ । यसबाहेक नीलो स्टिचसहित छालाको सिटको अपहोल्स्ट्री र ढोकाको ट्रिममा रहेको ट्राइ-एरो एलिमेन्टले यसलाई थप आकर्षक बनाएको छ ।

प्रतिद्वन्द्वीहरूको कुरा गर्दा नेक्सन ईभी म्याक्सले इलेक्ट्रिक एसयुभि खण्डमा महिन्द्रा एसयुभि ४०० सँग प्रतिस्पर्धा गर्छ । भारतमा महिन्द्रा एसयुभि ४०० को मूल्य १५.९९ देखि १८.९९ लाख भारु (एक्स-शोरूम) को बीचमा छ । हुन्डाई कोना इलेक्ट्रिक तथा एमजि जेड एस इभि दुवै इलेक्ट्रिक एसयुभि यो भन्दा यो किफायति विकल्प हुन् ।

प्रतिक्रिया