शुक्रबार, पुष ४, २०८२

चीनका रक्षामन्त्री आज नेपाल आउँदै

नेपालखोज २०७७ मंसिर १४ गते १०:४१

काठमाडौँ। चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् । उनी आइतबार काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि द्विपक्षीय भेटवार्ता हुने छ । फेङ्ही आजै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया