शुक्रबार, वैशाख १४, २०८१

नेप्से परिसूचकमा दिनदिनै नयाँ रेकर्ड

नेपालखोज २०७७ मंसिर १५ गते १६:१५

सेयर बजारको परिसूचक नेप्सेमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ। सोमबार परिसूचक १९९७ अंकमा पुगेर उच्च रेकर्ड बनाएको छ।

यसअघि हिजो परिसूचकले १९६८ अंकको नयाँ रेकर्ड बनाएको थियो। त्यसअघि बिहीबार १८९३ अंकको उच्च रेकर्ड बनेको थियो।

सोमबार सेयर बजारको परिसूचक नेप्से २८ अंकले बढेको छ। खुलेको ४ मिनेटमै बजार २ हजार २८ अंकसम्म पुगेको थियो। त्यसपछिको उतारचढावका वावजुत परिसूचकमा २८। ७९ अंकको वृद्धि भएको हो।

यस दिन ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ समूह ओरालो लागे पनि जीवन र निर्जीवन बीमा समूहमा भएको वृद्धिले समग्र बजार उचाल्न टेवा पुगेको हो। बैंकिङ समूह ७ अंकले ओरालो लाग्यो। विकास बैंक ४८ र फाइनान्स ५ अंकले झरे।

जीवन बीमा समूह सबैभन्दा धेरै ८२३ अंकले बढेको छ। त्यस्तै निर्जीवन बीमा समूह १९३, उत्पादन ७३, अन्य ४०, माइक्रोफाइनान्स ३७, व्यापार १५१, होटल ४, जलविद्युत ८९ अंकले बढे।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको मूल्य बढेर प्रतिकित्ता १८५५ कायम भएको छ।

नेपाल पुनर्बीमा कम्पनीको ३७ करोडको, प्रभु बैंकको ३६ करोडको, नेपाल बंगलादेशको ३३ करोडको कारोबार भयो।

युनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाए। त्यस्तै माथिल्लो तामाकोसीको मूल्य ९.८ प्रतिशतले बढेको छ। ग्रिन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, सान्जेन तथा रसुवागढीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

विशाल बजार कम्पनीको मूल्य १० प्रतिशतले घट्यो। बोटलर्स नेपालको मूल्य ५.४ प्रतिशतले घट्यो।

प्रतिक्रिया