नेकपा सचिवालय बैठकमा पौडेलको जन्मदिन सेलिब्रेट

नेपालखोज २०७७ मंसिर १६ गते १५:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई केक खुवाउँदै नेकपाको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। आज जन्मदिन परेका महासचिव पौडेललाई बालुवाटारमै केकको व्यवस्था गरिएको थियो।

पौडेललाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका अन्य नेतालगायतले पौडेललाई केक खुवाउँदै सफल जीवनको शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले बताएका छन्। 

उक्त अवसरमा नेकपा उपाध्यक्ष वामदेव गौतमले महासचिव पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएका थिए। अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव पौडेल आजदेखि ६२ वर्ष लागेका छन्। अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ।

प्रतिक्रिया