रोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा लिभरपुल र पोर्टो

एजेन्सी । लिभरपुल र पोर्टोले मंगलबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को यात्रा तय गरेका छन् । एनफिल्डमा भएको खेलमा लिभरपुलले आयाक्सलाई १–० ले हरायोउदैँ नकआउट चरण स्थान सुरक्षित बनाउन सफल भएको हो ।
यो जितपछि योर्गन क्लोपको टिम समूह ‘डी’ को शीर्ष स्थानमा रहने पनि निश्चित भएको छ । समूहको अर्को खेलमा एटलान्टा मिडज्यल्यान्डसँग १–१ को बराबरीमा रोकिएपछि पनि यो स्थिति बनेको हो । समूह ‘सी’ मा पोर्टो र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेले । यो नतिजापछि सिटी समूहको शीर्ष स्थानमा रहने निश्चित भएको छ भने पोर्टोको दोस्रो स्थान पनि पक्का भएको छ । समूहको अर्को खेलमा मार्सेले ओलम्पियाकोसलाई २–१ ले हरायो ।
समूह ‘ए’ मा एटलेटिको म्याड्रिडले बायर्न म्युनिखसँग १–१ को बराबरी खेल्यो । एटलेटिकोले अब अर्को चरण पुग्न अन्तिम खेल कुर्नुपर्नेछ । थोमस मुलरले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि एटलेटिको निराश हुनु परेको हो । समूहको अर्को खेलमा साल्सबर्गले लोकोमोटिभ मस्कोलाई ३–१ ले हरायो । समूह ‘बी’ मा रियल म्याड्रिड साख्तर डोनेस्कोसँग २–० ले स्तब्ध रह्यो । समूह चरणमा एक खेल बाँकी छँदा रियल अन्तिम १६ पुग्न/नपुग्ने अन्योल कायम छ । समूहको अर्को खेलमा इन्टर मिलानले बोरुसिया मुन्छेन ग्लाडबाखलाई ३–२ ले हरायो । त्यसमा रोमेलु लुकाकुले दुई गोल गरे । यो जितले इन्टरको नकआउट चरण पुग्ने सम्भावना पनि कायम रह्यो ।
प्रतिक्रिया