बिहीबार, चैत १५, २०८०

अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

नेपालखोज २०७७ मंसिर १७ गते १८:१८

एजेन्सी – भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा १३ रनको रोमान्चक जित हात पारेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतको जितसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । यसअघि दुवै खेलमा अष्ट्रेलियाले जित हासिल गरेको थियो ।

बुधबार जितका लागि ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८९ रनमा अल आउट भएको थियो ।

पहिलो खेलमा भारत ६६ र दोस्रो खेलमा ५१ रनले पराजित हुँदै सिरिज गुमाएको थियो । यी दुई देशबीच थप तीन टि२० र चार टेष्टको खेलको सिरिज छ । पहिलो टि२० शुक्रबार हुने छ ।

प्रतिक्रिया