शनिबार, वैशाख १३, २०८२

गुगलले पत्ता लगायो आईफोनको गम्भीर कमजोरी

नेपालखोज २०७७ मंसिर १८ गते १६:०३

गुगलका अनुसन्धानकर्ताले आईफोनको ठूलो त्रुटि पत्ता लगाएका छन् । अनुसन्धानकर्ताका अनुसार ह्याकरले प्रयोगकर्ताको आईफोन प्रयोग नै नगरी उक्त फोनमा भएका सम्पूर्ण डेटामा एक्सेस राख्न सक्नेछन् ।

अध्ययन अनुसार प्रयोगकर्ताले आईफोनमा के गरिरहेको छ र कस्ता फोनमा कस्ता सामग्री छन् भन्ने विषयमा सम्पूर्ण जानकारी ह्याकरले संकलन गर्न सक्छन् । आईफोन प्रयोगतर्काले कुनै शंकास्पद लिंक तथा माल्वेयर डाउनलोड नगर्दा पनि यस्तो एक्सेस ह्याकरले लिन सक्नेछन् ।

माल्वेयरको हकमा ह्याकरले उक्त आईफोन प्रयोगकर्ताको ईमेल अथवा कुनै एपमा एक्सेस राख्नुपर्ने हुन्थ्यो । तर, पछिल्लो अध्ययनमा ह्याकरले वाईफाइ नेटवर्कमार्फत नै आईफोन एक्सेस पाइरहेको उल्लेख गरिएको छ ।

ह्याकरका लागि निश्चित आईफोन ह्याक गर्न समान वाईफाई रेञ्जमा जानुपर्ने हुन्छ । यसको अर्थ ह्याकर र आईफोन प्रयोगकर्ता एउटै वाईफाईबाट जोडिएको हुनुपर्ने भन्ने होइन ।

ह्याकर यदि आईफोन प्रयोगतर्काले प्रयोग गरिरहेको वाईफाई नेटवर्कको रेञ्जभित्रै छ भने उसले आईफोन प्रयोगकर्तालाई निगरानी गर्न सक्नेछ ।

साथै उसको फोनमा भएका डेटामा सहजै एक्सेस प्राप्त गर्न सक्नेछ । यो विषयमा पुरा जानकारी सहित गुगल प्रोजेक्ट जिरोका अनुसन्धानकर्ता आयन बियरले ब्लग नै लेखेका छन् ।

प्रतिक्रिया