ओलम्पिक वुमेन्स कमिशन यौन दुव्र्यवहार र छाउप्रथाविरुद्ध उभिने
नेपालखोज
२०७७ मंसिर २४ गते २०:१०

काठमाडौं । नेपाल ओलम्पिक कमिटीअन्तर्गत ज्योति राणाका अध्यक्षतामा वुमेन्स कमिशनको ११ सदस्यीय समिति गठन भएको छ । कमिशनका अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो ।
ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिशन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना गरे। कमिशनका अन्य सदस्यमा विमला पौडेल, हेल्गा राणा, नन्दा बस्याल, प्रमिलासिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमाडोल्मा लामा र गीता श्रेष्ठ छन् ।
सो अवसरमा अध्यक्ष राणाले कमिशनले महिला खेलाडीको हितमा आवाज उठाउने तथा महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने र छाउप्रथाबारे चेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया