श्रेष्ठको संयोजकत्वमा पोखरा उद्योग वाणिज्य सङ्घको निर्वाचन समिति

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न ३३ औँ महाधिवेशनअन्तर्गत निर्वाचनका लागि तीर्थ श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
आगामी पुस २४ र २५ गते हुने निर्वाचन कार्यक्रमका लागि कवि तथा संस्कृतिकर्मी श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको सङ्घका महासचिव अर्जुन पोखरेलले जानकारी दिए। संंयोजक श्रेष्ठ सङ्घका पूर्वकार्यसमिति सदस्य र हालको साधारण सदस्यसमेत हुन् ।
समितिको सहसंयोजकमा दीप टे«डर्सका राजेन्द्रकुमार बाटाजु, सदस्यमा अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालीका डम्बरसिंह गुरुङ, फुजियामा टे«क्स एण्ड एक्सपिटिसन प्रालीका टीकाराम सापकोटा र पि सुलभ इण्टरप्राइजेजका प्रकाश ज्ञवाली छन्। सङ्घका कानूनी सल्लाहकार दामोदर अधिकारी निर्वाचन समितिको पनि कानूनी सल्लाहकार रहेका छन् ।
महाधिवेशनअन्तर्गत चुनावी कार्यक्रम पुस २५ गते भए पनि निर्वाचनका कार्यक्रम सङ्घको विधानअनुसार निर्वाचन समितिले नै निर्धारण गर्ने महासचिव पोखरेलले जानकारी दिए ।








प्रतिक्रिया