लालीगुराँस बहुउद्देश्यीय सहकारीमा नयाँ कार्य समिती चयन

ललितपुर । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति चयन गरेको छ ।
नवनिर्वाचित कार्य–समितिका उपाध्क्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित भएका छन् । चारवर्षे कार्यकालको लागि भएको निर्वाचनमा सदस्यहरुमा कदम जोशी प्रधान, भोलाकुमार श्रेष्ठ र आर्यासिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

लेखा समितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरुमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित भएका हुुन । नवनिर्वाचि पदाधिकारी, लेखा समितिका संयोजक र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रत्न अवाले पद तथा गोपनीयताको सपथ गराएका हुुन ।
कोरोना भाइरस (कोभिड–१९) को कारण २५ जना भन्दा बढी शेयर सदस्यलाई भेला गर्न नहुने निर्देशन पछि संस्थाले मंसिर ११ देखि २६ गतेसम्म संस्थाको मुख्य कार्यालय तथा सदस्य सुविधा काउण्टरहरुमा शेयर सदस्यहरुको नामावली दर्ता भएपछि प्रतिनिधित्वको रुपमा आयोजना गरिएको साधारणसभामा संस्थाका सचिव सुरेन्द्र भण्डारीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण भविष्यमा पर्न सक्ने असरको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले कोरोना संक्रमण बाबजुद सहकारी क्षेत्रमा श्री लालीगँुरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटिडले गरेको योगदानको चर्चा गरेका छन् । उनले भने, यो अवधीमा संस्थाले लगानी गरेको परियोजनामा सफलता हासिल गरेका छौ ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा उनले संस्थाको आ.व. ०७६÷०७७ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराए ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमासमेत अग्रणी स्थान लिन सफल रहेको उनको भनाई छ । सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३५ हजार सहकारी मध्ये उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए । त्यसैले सरकारले यो संस्थालाई नमुना सहकारी घोषणा गरिसकेको छ ।

प्रतिक्रिया