५० केजी चरेशसहित एक व्यक्ति पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले गएराती करीव ५० के.जी. चरेशसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुुलीका अनुसार धादिङ जिल्ला गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षिय दिपक मगरलाई आईतबार राती पक्राउ गरिएको हो ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष्टबाट खटिएको एपीएफले सोही जिल्लाको थाके गाउँपालिका १ खयरघारी स्थित पूर्व पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरिएको छतकुुलीले जानकारी दिए ।
बा २१ प ८७६ नम्बरको मोटरसाईकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो । उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका निज मगरलाई राती करीव साढे आठ बजे एपीएफ टोलीले फेला पारेको थियो । उनलाई राती नै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाईएको नायव उपरीक्षक छतकुुलीले जानकारी दिएकाछन ।
उक्त चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको कुरा निज मगरले एपीएफ टोली समक्ष बताएका छन् ।

प्रतिक्रिया