मेस्सीको गोलमा बार्सिलोनाको जित
नेपालखोज
२०७७ मंसिर २९ गते ७:३५

एजेन्सी- लियोनल मेस्सीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित हात पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । ७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो ।
जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८औँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८औँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया