किशोरी बलात्कारको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ
नेपालखोज
२०७७ मंसिर २९ गते १४:१६

नुवाकोट । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका ४ डाँडाखर्क बस्ने ७० वर्षीय केदार बहादुर बासकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
केदारले ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी पश्चात झिल्टुङ तिनपित्लेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया