सुनचाँदीको मुल्य बढ्यो
नेपालखोज
२०७७ पुष १ गते ११:२२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्यमा ८ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको ९३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी बुधबार तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया