बुधबार, वैशाख १२, २०८१

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

नेपालखोज २०७७ पुष १ गते १५:००

काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीले शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।

कम्पनीको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । जसको जम्मा ६२ लाख ५० हजार कित्ता शेयर प्रति कित्ता १०० अंकित दरले शेयरको मूल्य ६२ करोड ५० लाखको शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई नियुक्त गरेको हो ।

शेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चरको तर्फबाट अनिल अग्रवालले सम्झौता–पत्रमा हस्ताक्षर गरे । रामेछाप र ओखलढुङ्गाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया