मिस नेपाल नम्रता नगदसहित सम्मानित

काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठ नगदसहित सम्मानित भएकी छन् । काठमाडौं युरो स्कुलको प्रि–स्कुल युरो किड्स, गोंगबु, बानियाँटारले उनलाई शुक्रबार २५ हजार नगदसहित सम्मान गरेको छ ।
युरो किड्स गोङबुकी शिक्षिका नम्रता श्रेष्ठलाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच सम्मान गरे । युरो किड्सका निर्देशक प्रमोद पाण्डेले नम्रताले हासिल गरेको उपलव्धिका लागि उनलाई सम्मान गरिएको बताए । उनले भने, ‘नम्रताले हासिल गरेको उपलव्धिले सिंगो विद्यालय परिवार गौरवान्वित भएको छ । पुरस्कार रकम सानै भएपनि सफलताको कदर स्वरुप हामीले नम्रतालाई सम्मान गरेका हौं ।’ निर्देशक पाण्डेले नम्रता एक असल, लगनशील, इमानदार र कर्तव्यनिष्ठ शिक्षिका भएको धारणा व्यक्त गर्दै नम्रताले विद्यालयमा गरेको कार्यको प्रशंसा गरे ।
करिव २ वर्ष युरो किड्समा नम्रताले सेवा दिएकी थिइन् । सम्मानित भएपछि नम्रताले सम्मानका लागि विद्यालय परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयसँग कुनै न कुनै भूमिकामा जोडिई रहने प्रतिवद्धता जनाइन् ।
मेयर अधिकारीले आफू पनि पहिले शिक्षण पेशामै संलग्न भएको स्मरण गर्दै शिक्षकमा पढाउने अलावा अन्य खुवी पनि हुन्छ भन्ने कुरा नम्रताले प्रमाणित गरेको विचार व्यक्त गरे ।









प्रतिक्रिया