कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक
नेपालखोज
२०७७ पुष ५ गते १३:००
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाएको हो।
कांग्रेस सभाति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आकस्मिक बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई बोलाइएको देउवाले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए।
सम्बन्धित








प्रतिक्रिया