मंगलबार, वैशाख १६, २०८२

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०७७ पुष ६ गते ११:२३

काठमाडौँ । सोमबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ७०० रहेको छ ।

त्यसैगरी सोमाबर चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया