संसद् विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर
नेपालखोज
२०७७ पुष ६ गते १८:०६

काठमाडौँ । संसद् विघटनको विरोधमा सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो ।
सन्तोष भण्डारीद्वारा संवैधानिक इजालसतर्फ दायर रिटममा संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख भएको छ । रिटमा कानुनको शासनको धज्जी उडाउने भावनाबाट प्रेरित भएको र राष्ट्रलाई गहिरो संकटमा लैजाने निश्चित भएको रिटमा उल्लेख छ ।
सन्तोष भण्डारीले संवैधानिक इजालसतर्फ रिट दायर गरेका छन् ।
संसद् विघटनको निर्णय प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गर्नुपर्ला र पदच्युत भइएला भन्ने दुरासय राखी सिफारिस गरिएको पनि रिटमा उल्लेख छ ।
साधरण इजालसतर्फ अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकाराम सापकोटा लगायतले रिट दायर गरेका छन् ।


सम्बन्धित








प्रतिक्रिया