अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय द्वन्द्वको असर प्रदेशमा देखिएको हो ।
वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नयाँ मुख्यमन्त्रीका लागि नेकपा स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेशकी सांसद् अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको हो । वाग्मती प्रदेशका सांसद पशुपति चौलागाईंले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको पुष्टि गरे । चौलागाईंले भने, “उहाँ हाम्रो नेता हो, त्यसैले मुख्यमन्त्रीको प्रस्ताव गरेका छौं ।”
चौलागाईंकाअनुसार मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमा प्रचण्ड-नेपाल समूहका ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । बिहान ११ बजेर २५ मिनेटमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
आजै प्रचण्ड-नेपाल समूहका तीनजना मन्त्रीहरु शालिकराम जम्मरकटेल, अरुण नेपाल र युवराज दुलालले राजीनामा दिएका छन् । अविश्वास प्रस्तावमा शालिकराम जम्मरकटेल प्रस्ताव छन् भने समर्थकमा अरुण नेपालसहितका सबै रहेको बताइएको छ ।








प्रतिक्रिया