उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा बोगटी विजयी
नेपालखोज
२०७७ पुष १२ गते १३:२१

डोटी । नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा शङ्कर बोगटी विजयी भएका छन् ।
शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासङ्घको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन भएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन भएका छन् । एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी भएका छन् ।
सम्बन्धित








प्रतिक्रिया