आइतबार, जेठ ६, २०८१

नेपाल क्रेडिट एण्ड कर्मस बैंकद्धारा कर्पोरेट पे–प्रणालीको सुरुवात

नेपालखोज २०७७ पुष १३ गते १६:१९

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस (एन.सि.सि.) बैंकले ‘कर्पोरेट–पे’ प्रणालीको शुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकका निमित्त बैक खाताबाट सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको शुरुवात गरेको हो ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) संग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस ‘कर्पोरेट–पे’ प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सकिन्छ । यस प्रणालीबाट आफैले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सकिनेछ ।

बैंकले १२७ वटा शाखा कार्यालयहरु, १०२ वटा एटिएम, एवंम७ वटा एक्स्टेन्सन काउण्टर मार्फ्त सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया