फेसबुकको दुरुपयोग गरी ४२ लाख ठगी गर्ने २ जना पक्राउ

नेपालखोज २०७७ पुष १६ गते ९:०८

काठमाडौं । सामाजिक सञ्जाल फेसबुककाे दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् ।

उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर ठगी गर्दै आएकाे खुल्न आएकाे छ । उनीहरुलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

विभिन्न प्रलाेभन देखाइ उनीहरूले ठगी गर्दै आएका थिए । उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत ४२ लाख ठगी गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्तिसमेत घटनामा संलग्न रहेको देखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया