नेप्से २ हजार ८७ अंकमा, याे सातामा २२ अर्ब ७६ करोडको सेयर किनबेच
काठमाडौं । यो साता सेयर बजारमा निकै नै उतारचढाव देखिएको छ । संसद बिघटन संगै सुरु भएको राजनीतिक अस्थिरताले यो साता सेयर बजार निकै नै प्रभावित बन्यो । पहिलो दिन सबै परिसुचक ओरालो लागेर पुरै रातो भएको नेप्से त्यसपछिका दिनहरुमा क्रमश सम्हालिए पनि नेप्से बढेको तुलनामा कारोवार रकम भने बढ्न सकेन ।

यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो दिन घटेर बाँकी दिन बढेको नेप्से अन्तिम दिन दुई हजार ८७ दसमलव २७ अंकमा सिमित हुन पुग्यो भने सेन्सिटिभ तीन सय ९८ दसमलव ७० अंकमा सिमित हुन पुगेको थियो । जसअनुसार दुई सय १४ वटा कम्पनीहरुको दुई लाख सात हजार तीन सय २४ पटकको कारोवार भएका थिए । जसबाट चार करोड ५१ लाख २७ हजार छ सय नौ कित्ता सेयर किनबेच हुँदा कुल कारोवार रकम २२ अर्ब ७६ करोड १६ लाख ३ हजार ९ सय २१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा गत साता भने दुई सय पाँच वटा कम्पनीहरुको दुई लाख ९९ हजार नौ सय चार पटकको कारोवार भएका थिए । जसबाट छ करोड ११ लाख ३८ हजार छ सय ८८ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम ३४ अर्ब ७१ करोड ९० लाख ३८ हजार ५० रुपैयाँ पुगेको थियो ।
यो साता सुरुवाती कारोवार दिन नेप्से ३९ दसमलव ९८ अंकले घटेर १९ सय ९८ दसमलव ६५ अंकमा झरेकोमा सेन्सिटिभ पनि पाँच दसमलव ३३ अंकले घटेर तीन सय ८१ दसमलव ४३ अंकमा झरेको थियो । यी बाहेकका बाँकी दिनहरुमा भने नेप्से बढेको थियो । दोस्रो, तेस्रो, चौथो र पाँचौ दिनमा नेप्से क्रमश आठ दसमलव ५७, पाँच दसमलव ५७, ४९ दसमलव १७ र २५ दसमलव २१ अंकले बढेको थियो । सेन्सिटिभ इन्डेक्स भने दोस्रो, चौथो र पाँचौ दिनमा क्रमश एक दसमलव १४, आठ दसमलव ८६ र सात दसमलव चार अंकले बढेको थिए । तेस्रो भने सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव १३ अंकले घटेको थियो ।
नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल पुर्नबीमा कम्पनी आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल पुर्नबीमा कम्पनी लगायतका कम्पनीहरु परेकाछन । पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । यो साता गुराँस लाईफ इन्स्योरन्स कम्पनीको पाँच दसमलव २५ प्रतिसत बोनस सेयर सुचीकृत भएको छ ।

प्रतिक्रिया