१० जना नक्कली परिक्षार्थी पक्राउ

नेपालखोज २०७७ पुष १९ गते ११:४९

काठमाडौं । अर्काको नाममा परिक्षा दिदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पौष १८ गते पक्राउ गरेको शसस्त्र प्रहरीले बलले जानकारी दिएको छ ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वाारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरि परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नेपाल भरका विभिन्न परिक्षा केन्द्रहरुबाट १० जना नक्कली परिक्षार्थीहरु फेला पारिएको हो । सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निश्पक्ष र पारदर्शी रहेको दावी पनि बलले गरेको छ ।

प्रतिक्रिया