‘प्रदेशसभा विघटनको कदम चाल्नुपर्ने अवस्था आए पनि पछि हट्दैनौँ’ : मन्त्री भट्ट

नेपालखोज २०७७ पुष २० गते १९:१९

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आवश्यक परे प्रदेशसभा विघटन गर्ने संकेत दिएका छन् । कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले पार्टीको स्थायी कमिटी र सरकारले अध्ययन गरिरहेको भन्दै विघटन गर्नुपर्ने अवस्था आए आफूहरू पछि नहट्ने बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय कमिटी सदस्य समेत रहेका भट्टले भने, ‘पार्टीको संस्थापन पक्ष हामी हौँ र हामीले अहिले सत्ता साझेदार, प्रदेश सरकार फेरबदलका विषयमा यो नै गर्ने भनेर निर्णय गरिसकेका छैनौँ । तर, यसमा स्थायी कमिटी र सरकारले गम्भीरतापूर्वक हेरिरहेको छ ।’

उनले प्रचण्ड(नेपाल पक्षलाई इङ्गित गर्दै भने, ‘हामीले उहाँहरूले हामीप्रति गर्ने व्यवहारलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ । उहाँहरूले कस्तो व्यवहार गर्नुहुन्छ त्यसलाई सरकारले पनि गम्भीरतापूर्वक हेरिरहेको छ । छिट्टै हाम्रो स्थानीय कमिटीको बैठक बसेर पनि कस्तो कद चाल्ने भनेर टुङ्गो लाग्छ । यदि उहाँहरूको व्यवहारले त्यो खालको कदम चाल्नुपर्ने अवस्था आयो भने पनि हामी पछि हट्दैनौँ ।’

उनले पार्टीको अर्को पक्षबाट भएको असहयोगले संसद् विघटन ग भएकोरी जनादेशका लागि निर्वाचनमा जाने कदम उपयुक्त समेत दावी गरे । प्रचण्डलाई प्रधानमन्त्री र माधव कुमार नेपाललाई अध्यक्षको हतारो भइसकेको भन्दै प्रचण्डले १० वटा सरकार ढलाइसकेकोले उनको राजनीतिक संस्कार ठिक नभएको समेत दावी गरे ।

प्रतिक्रिया