बिहीबार, वैशाख ६, २०८१

नेप्से सुचक तथा कारोवार रकम दुबै घटे

नेपालखोज २०७७ पुष २१ गते १५:२७

काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुुबै नै घटेका छन । अघिल्लो दिन छ दसमलव ३६ अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि तीन दसमलव ५४ अंकले घटेर २१ सय ६५ दसमलव ४९ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ४७ अंकले घटेर चार सय १३ दमसलव ६८ अंकमा पुगेको छ ।

दुुई सय छ वटा कमपनीहरुको ४२ हजार पाँच सय १४ पटकको कारोवारमा एक करोड आठ लाख नौ हजार छ सय २५ कित्ता सेयर किनबेच हुंदा आज कुुल कारोवार रकम चार अर्ब ५६ करोड ६३ लाख ८१ हजार एक सय ७८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी नौ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव २३ अंकले घटेर १६ सय ३५ दसमलव ७० झर्दा जीवन बीमा समुहको सुचक ४६ दसमलव ६७ अंकले घटेर १३ हजार आठ सय ९९ दसमलव ४२ अंकमा झरेको छ ।

यसैगरी टे«डिङ, लघुुबित्त, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज दुुई दसमलव ९३ अंकले बढेर २१ सय ८६ दसमलव ९० अंकमा पुुगेकोमा जलबिद्युुत र निर्जिवन बीमा समुहको सुचक पनि बढेकाछन ।

आज जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर १९ सय ८१ रुपैयाँमा कारोवार हुंदा साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य छ दसमलव १६ प्रतिसतले घटेर ६४ सय ७० रुपैयाँमा कारोवार भएको छ । यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १८ सय ९५ रुपैयाँ अन्तिम मुल्यमा ६९ करोड छ लाख ८७ हजार ६२ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया