सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराद्वारा राजीनामाको घोषणा
नेपालखोज
२०७७ पुष २२ गते १७:३०

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालयमा बुधबार अपराह्न साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा बोहराले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषदमा रहि काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ ।
बोहरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।
सम्बन्धित

प्रतिक्रिया