प्रहरीद्वारा एक सय किलो अवैध लागूऔषध गाँजा बरामद

नेपालखोज २०७७ पुष २४ गते १२:०३

मकवानपुर । मनहरी गाउँपालिका ६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया