बुधबार, वैशाख १२, २०८१

मध्यरातमा प्रहरीमाथि हातपात गर्ने सिलवाल पक्राउ

नेपालखोज २०७७ पुष २६ गते १४:२२

भक्तपुर । मध्यरातमा प्रहरी जवानमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोबेला पुनः उनले प्रहरीमाथि हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया