बिहीबार, वैशाख ६, २०८१

साताको पहिलो दिन नेप्सेमा ४१ अंकको वृद्धि

नेपालखोज २०७७ पुष २६ गते १५:४०

काठमाडौं । नेप्सेमा साताको सुरुवाती दिन आइतबार सेयर कारोवार सुखद देखिएको छ । नेप्से आज ४१ दसमलव २४ अंकले बढेर २२ सय ३५ दसमलव ७२ अंकमा पुुगेको छ । यस्तै, सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव २१ अंकले बढेर चार सय २८ दसमलव ४३ अंकमा पुुगेको छ ।

नेप्सेमा आज दुुई सय सात वटा कम्पनीहरुको ५७ हजार एक सय ७१ पटकको कारोवारमा एक करोड ५० लाख ३० हजार आठ सय ३६ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार आठ सय छ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा जीवन बीमा समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेका छन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५९ दसमलव ६१ अंकले बढेर १७ सय २० दसमलव ३० अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ३९ दसमलव आठ अंकले बढेर १० हजार एक सय १५ दसमलव ४५ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन ।

आज प्रभुु लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुुई सय नौ रुपैयाँमा कारोवार हुंदा निर्धन उत्थान लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मल्य चार दसमलव ३१ प्रतिसतले घटेर १३ सय ११ रुपैयाँमा कारोवार भएको छ । यसैगरी आज प्रभुु बैंकको प्रतिकित्ता चार सय १४ रुपैयाँ अन्तिम मुल्यमा ४० करोड २९ लाख ९१ हजार ९८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया