बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओलीको विरोधमा बयलगाडा र्‍याली

नेपालखोज २०७७ पुष २६ गते १६:२४

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियू जिल्ला कमिटी कैलालीले धनगढीमा बयलगाडा र्‍याली निकालेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भन्दै अनेरास्ववियूले बयलगाडा र्‍याली निकालेको हो ।

वि.स. २०६२/०६३ सालको जनआन्दोलनका बेला प्रधानमन्त्री ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भन्नु भएको थियो ।

सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले आइतबार बयलगाडा प्रदर्शन गरेको हो ।

प्रतिक्रिया