मंगलबार, चैत ११, २०८१

आजदेखि विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन

नेपालखोज २०७७ पुष २६ गते १७:१०

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आईतबारदेखि परिचालन गरेको छ ।

Advertisement

उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तिब्रगतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले परिचालन गर्ने भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिए । पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उनले बताए ।

भ्यानमा खटिने पाँच जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधि जडान गरेको छ । यसले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाणसहित कारबाही गर्न र थप सचेतता जगाउन सहयोगी हुने अपेक्षा महाशाखाको छ ।

उक्त कार्यक्रममा ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई एसएसपी भट्टराईले पुरस्कृत र सम्मान गरेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

पुरस्कृत हुनेहरुमा प्रसनि देबिराम भण्डारी, प्रसनि रामेश्वर उप्रेती, प्रह शंकर वन सन्यासी, प्रह बिनोद गोतामे, प्रज भुवन भण्डारी, प्रज केदारप्रसाद भण्डारी, प्रज नैनसिंह राना, प्रज रविन घिमिरे, प्रज धनन्जयसिंह रावत (डाँगा), प्रज मिनाकुमारी आचार्य, प्रज निरज थापा, प्रज केशब बिष्ट, प्रज रमेश सिंह बुडाल, प्रज भानुभक्त ढकाल, प्रज राकेशकुमार साह, प्रज शान्ता श्रेष्ठ, प्रजईश्वर पछाई र प्रज सन्दिपकुमार यादव रहेका छन् ।

पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया