मंगलबार, चैत ११, २०८१

राप्रपाको र्‍यालीमा प्रहरीको धरपकड

नेपालखोज २०७७ पुष २७ गते १४:२५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निकालेको र्‍यालीमा प्रहरीले धरपकड गरेको छ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा प्रहरीसँग धकेलाधकेल भएको स्रोतले बताएको छ ।

Advertisement

बाजागाजासहित र्‍यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो ।

केही समय धकेलाधकेल भएपछि र्‍यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेका छन् । तर प्रहरीले रोक्न खोजेको छ ।

प्रतिक्रिया