शुक्रबार, चैत १६, २०८०

फाइभजी : घरमा पनि यसको आवश्यकता किन पर्छ ?

नेपालखोज २०७७ पुष २७ गते १४:५३

काठमाडौं । स्मार्ट फोन्सका लागि फाइभजीको उपयोगितामा कसैको शायदै दूई मत होला । तर, वाईफाई उपलब्ध हाम्रा घरमा यसको आवश्यकताका बारेमा कहिल्यै सोच्नु भएको छ ? विस्तारै वाईफाई पूरानो प्रविधिकारुपमा स्थापित हुँदैछ । भविस्यको स्मार्ट होम्सका लागि यो अपर्याप्त हुने सम्भावना प्रबल छ । हो, यही अवस्थामा फाइभजीको आवश्यकता पर्छ ।

मोबाइल प्रयोगका लागि झैँ फाइभजी प्रविधिको आवश्यकता भविस्यको घरका लागि कसरी पर्नेछ भन्ने बारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । आफ्नो चरैतिर हेर्नुहोस् त ? स्मार्टफोन्स, ट्याब्लेट्स र कम्प्युटरका साथै सेक्योरिटी क्यामेरा, स्पिकर, टिभी, लाइटनिङ प्रणालीलगायत हामीले विशेष ध्यान नदिने बस्तुहरुमा पनि यसको आवश्यकता उत्तिकै रहेको छ । गहिरिएर ध्यान नदिएता पनि हामी विस्तारै स्मार्ट घरहरुले उपलब्ध गराउने सहजतासँग हामी अभ्यस्त हुँदै गइरहेका छौँ ।

समयसँगै हरेक कुरा स्मार्टर हुँदै गइरहेका छन् । हरेक होम अप्लायन्सेस् कनेक्टेड हुँदैछन् र तिनले एक अर्कासँग सहज समन्वय गर्दै काम गरी सहजता उपलब्ध गराओस् भन्ने चाहना हो । यसले वाईफाई माथि ठूलो बोझ थपिने निश्चित छ । फलस्वरुप न्यूनतम उत्पादन कनेक्ट गर्दा पनि यसको रेस्पोन्स टाइममा ढिलाई हुने सम्भावना रहन्छ । यस्तो समयमा फाइभजीको आवश्यकता अझ बढ्ने निश्चित छ । फाइभजीसहितको स्मार्ट होम्स अर्थात् असिमित कनेक्शन, तिब्र गति र तत्सम् प्रतिक्रिया (ईन्स्ट्यान्ट रेस्पोन्स टाइम) ।

बहु(उपकरणहरु एकै समयमा एकै ब्याण्डविथ्मा कनेक्ट हुँदा ईन्टरनेटको गतिमा समस्या हामी सबैले भोगेकै छौँ । अझ ब्रोडब्याण्डको गति कम हुँदा यसले अझ तनाव दिन्छ । फाइभजीको साथमा कथाले स्वभाविकरुपमा अर्कै मोड लिने निश्चित छ । फाइभजीले मल्टि-गिगाबाइट स्पिडका साथै, बहु(संख्यक उपकरणलाई कनेक्टिभिटी प्रदान गर्ने क्षमता बोक्नुका साथै, दर्जनौँ वा सयौँ स्मार्ट उपकरणहरु स्मार्ट होममा कनेक्ट गर्ने क्षमता राख्छ । स्मार्टफोन, टीभी, कम्प्युटर, ट्याब्लेटलगायत तपाईँका सबै उपकरणले एकैसाथ हाई-डेफिनेशन मुभि डाउनलोड, म्यूजिक स्ट्रिम गर्ने वा ठूला अनलाईन गेम्सको मज्जा घरमा रहेका अन्य उपकरण तथा सेन्सरमा कुनै असर बिना लिन सकिन्छ । एआर/भीआर उपकरणहरु मार्फत हामीले भविस्यमा अझ सहजरुपमा स्मार्ट होम अनुभव लिन पाउने छौँ ।

कहिलेकाँही केही सेकेण्डले पनि जीवनमा धेरै ठूलो असर पार्न सक्छ । उदाहरणका लागि खतराको अवस्थाका बारेमा सुईँको पाउने बित्तिकै अलार्म बजिहाल्नु पर्छ । धेरै जसो आपतकालिन उपकरणहरुले हामीलाई तत्सम प्रतिक्रिया दिनुपर्छ । फाइभजीको लो लेटेन्सिले कनेक्टेड उपकरणहरुको प्रतिक्रियाका लागि लाग्ने समयमा कटौती गराउँछ र सुचना प्रवाहमा तिब्रता प्रदान गर्छ ।
फाइभजीका माध्यमबाट स्मार्ट स्पिकर्स तथा घरको सेक्योरिटी प्रणाली अझ प्रतिक्रियात्मक बन्ने निश्चित छ । तसर्थ, लो लेटेन्सि (न्यून बिलम्बता) सहजताका लागि मात्र नभइ सुरक्षा र दिमागको शान्तिका लागि पनि अपरिहार्य छ ।

ओपोको फाइभजी ईन्टरनेट अफ एक्स्पेरियन्स
धेरैले स्मार्ट होम लाइफ स्टाइल अझै टाढाको कुरा हो भन्ने सोच्न सक्छन् । तर, ओपोले यस्तै विभिन्न सम्भावनालाई यथार्थमा परिणत गर्ने कार्यमा सफलता हात पारिसकेको छ । केही समय अगाडी ओपोले रेनो फाइभ जी केन्द्रित विश्वकै पहिलो फाइभजीद्वारा सञ्चारित स्मार्ट होटलको निर्माण गरिसकेको छ । ओपो फाइभजी होटले ६ महिनासम्म अष्ट्रेलियाका विभिन्न स्थानमा भ्रमण गर्दै यसका पाहुनालाई फाइभजी यूगको स्मार्ट लिभिङ अनुभव प्रदान गरिसकेको छ ।

फाइभजी होटलमा ओपो रेनो फाइभजीमार्फत नियन्त्रण गर्न सकिने प्रशस्तन वप्रबर्तनात्मक तथा रोचक फाइभजी स्मार्ट होम उपकरणहरु उपलब्ध गरिएको थियो । पाहुनाहरुले भ्वाइस कमाण्ड मार्फत नै प्रकाश तथा ब्याकग्राउण्ड म्यूजिक नियन्त्रण गर्न सक्थे ।

त्यसैगरी, एआर वारड्रोब मार्फत विभिन्न आउट फिट ट्राइ गर्नुका साथै, फाइभजी कनेक्टिभिटी मार्फत विना बफरिङ नेटफ्लिक्स पनि हेरेका थिए । ओपोको फाइभजी होटलले फाइभजी ईन्टरनेट अफ एक्स्पेरियन्स वास्तवमा कस्तो हुन्छ भन्ने अनुभव प्रदान गर्नुका साथै, भविस्यको स्मार्ट लिभिङ कस्तो हुन्छ भन्ने झल्को दिएको थियो ।

कनेक्शनको अवधारणा जग मात्र हो, जबकी एकिकरण र अभिसरण भविस्य हो भन्ने ओपोको विश्वास छ । ईन्टरनेट अफ एकस्पेरियन्सको यूगलाई दृष्टिगत गर्दै अत्याधुनिक तथा बिस्तृत स्मार्टहोम ईकोसिस्टम निर्माण तथा विकासका लागि ओपोले विभिन्न स्मार्ट उपकरणहरु सार्वजनिक गर्दै आइरहेको छ ।

ब्यक्तिगत, घर, यात्रा तथा कार्य सेटिङका लागि हबका रुपमा सेवा उपलब्ध गराउने फाइभजी सीपीई सिरिज यसैको एक उदाहरण हो । ओपोले एयरबड्स, वाट्चेज्, टीभी लगायतको बृहत्त पोर्टफोलियोका साथै ओपो एआर, ग्लास जस्ता नवप्रबर्तनात्मक कन्सेप्ट प्रडक्ट्सको पनि निर्माण गरिसकेको छ । फाइभजीलाई ब्यापक अपनत्वप्राप्त हुँदै जाँदा स्मार्ट होम्स र अन्य आईओटी उपकरणहरुले निश्चितरुपमा हामीलाई हाम्रो सोचभन्दा टाढाको फ्यूचरिस्टिक अनुभव प्रदान गर्नेछ ।

प्रतिक्रिया