शनिबार, वैशाख १५, २०८१

नेप्से बढ्ने क्रम जारी, बुधबार ५ अर्ब ९१ करोडको सेयर काराेबार

नेपालखोज २०७७ पुष २९ गते १६:१६

काठमाडौं । अघिल्लो दिन २८ दसमलव ३१ अंकले बढेको नेप्से साताको चौथो कारोवार दिन पनि १८ दसमलव ८१ अंकले उकालो लागेको छ । बुुधबार २२ सय ८६ दसमलव ५४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९७ अंकले बढेर चार सय ३५ दसमलव २५ अंकमा पुुगेको छ ।

नेप्सेमा आज दुुई सय सात वटा कम्पनीहरुको ५० हजार नौ सय ५० पटकको कारोवारहुँदा एक करोड ३२ लाख ८९ हजार आठ सय ४९ कित्ता सेयर किनबेच भएको छ । कुुल कारोवार रकम पाँच अर्ब ९१ करोड ४३ लाख ८९ हजार दुुई सय ६१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको सुचक घटेर बाँकी १० वटा समुहको सुचक बढेका छन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव १५ अंकले घटेर १७ सय ३४ दसमलव ५५ अंकमा झरेको छ भने होटल समुहको सुचक पनि घटेको छ । यि बाहेक बिकास बैंक समुहको सुचक भने ३० दसमलव ७९ अंकले बढेर २३ सय ८७ दसमलव छ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ११ दसमलव १५ अंकले बढेर १० हजार छ सय ७६ दसमलव ८१ अंकमा चढेको छ । जलबिद्युुत, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

आज कर्पोरेट डेभपलमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ४१ रुपैयाँमा कारोवार हुंदा मल्टीपर्पोस फिनान्सको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ७१ प्रतिसतले घटेर एक सय ६२ रुपैयाँमा कारोवार भएको छ । आज एकै दिन नेपाल टेलिकमको प्रतिकित्ता १२ सय ६३ रुपैयाँ अन्तिम मुल्यमा २६ करोड ५५ लाख २४ हजार नौ सय ४० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया