शुक्रबार, वैशाख १४, २०८१

एनएमबि बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७७ पुष २९ गते १८:४८

काठमाडौं । एनएमबि बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै बैंकले साधारण सभा भिडियो कन्फ्रेन्समार्फत् संचालन गरेको थियो ।

बुधबार बैंकका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा काठमाडौंको कृष्ण टावरमा उक्त साधारण सभा गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६÷७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अर्बबाट बृद्धि गरी रु.२० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया