‘विद्या तपाई राष्ट्रपति हो राष्ट्रपिता होइन’

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
संसद् विघटनको विरोधमा नेविसंघले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेविसंघका कार्यकर्ताले सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद,’ ‘लोकतन्त्र जिन्दावाद,’ ‘विद्या तँपाई राष्ट्रपति हो राष्ट्रपिता होइन,’ ‘विद्यार्थीहरुको एउटै स्वर, सरकार भित्र चोरैचोर,’ ‘असंवैधानिक कदम खारेज गर,’ लगायतका नारा लगाएका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसपछि दुई पक्षमा विभाजित भएको नेकपाले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आइरहेको छ ।
प्रतिक्रिया