शनिबार, वैशाख ८, २०८१

कतारमा कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन सुरू

नेपालखोज २०७७ माघ ३ गते ८:१०

एजेन्सी । कतारले फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज सुरू गरेको छ । गत डिसेम्बर २३ तारिखदेखि सुरु भएको अभियानमा पहिलो डोज खोप लिने सबैलाई दोस्रो डोज पनि दिन सुरु गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो दुई व्यक्तिहरू जसले कोभिड–१९ को पहिलो डोज प्राप्त गरेका दुई व्यक्तिलाई दोस्रो डोज पनि दिइएको छ । कतार युनिभर्सिटीका पूर्वनिर्देशक डा।अब्दुल्लाह अल कुबैसी र ८८ वर्षीय सिरियाली मोहम्मद फ्रेजाटलाई पनि दोस्रो डोज खोप दिइएको मन्त्रालयले जनाएको छ ।

यहाँको १० स्वास्थ्य केन्द्रमार्फत ६५ वर्षभन्दा माथिका मानिसहरूलाई र केही स्वास्थ्यकर्मीहरूलाई खोप दिइरहेको छ । यो खोपको पहिलो चरण जनवरी ३१ सम्म जारी रहने मन्त्रालयले जनाएको छ । कोभिड–१९ को सावधानी अपनाउँदै खोपको पहिलो मात्रा लिएका सबै व्यक्तिहरुलाई तोकिएको मितिमा गई दोस्रो खोप लिनसमेत अनुरोध गरिएको छ ।

यसैबीच कतारले अर्को हप्ता भित्रमा दोश्रो चरणका लागि खोप (भ्याक्सिन) कतार आइपुग्ने अपेक्षा गरिरहेको जनाएको छ । कतारले सन् २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

प्रतिक्रिया