बिहीबार, वैशाख १३, २०८१

माछापुच्छ्रे कृति क्यापिटलको एकिकृत कारोवार शुरु

नेपालखोज २०७७ माघ ३ गते १२:०६

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेड एकआपसमा गाभिई सयुक्तरुपमा कारोवार शरु गरेका छन । शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले एकिृकत रुपमा बनेको सुन्धार स्थित केन्द्रीय कार्यालय माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको एकिकृत कारोवारको समुद्घाटन गरका छन् ।

कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले माछापुच्छ्रे कृति क्यापिटललाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पूँजीबजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्ष भन्दा बढी भइसकेको अवस्थामा पछिल्लो समय व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए ।

उनले विकशित देशमा बजार पूँजीकरण भन्दा ३/४ गुणासम्म सामूहिक लगानी कोषमार्फत् पूँजी परिचालन हुने गरेको सन्दर्भमा नेपालमा पनि व्यापक सम्भावना रहेकोले यसको विकासमा मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्ने बताए । उच्च व्यवस्थापन र कर्मचारी समेतको उचित व्यवस्थापन हुन सके मात्र मर्ज सफल हुने भएकोले यस विषयमा माछापुच्छ्रे कृति क्यापिटलले विशेष ध्यान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो विशेष अतिथिको रुपमा रहेका थिए । यस्तै, कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, माछापुच्छ्रे कृति क्यापिटल लि.का अध्यक्ष विश्वम्भर न्यौपाने, र अन्य संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया