शुक्रबार, वैशाख ७, २०८१

डा. केसीसहितको अगुवाईमा काठमाडौंमा प्रदर्शन

नेपालखोज २०७७ माघ ३ गते १४:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध डा. गोविन्द केसीसहितको अगुवाईमा शनिबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

डा. केसीसहितका सामाजिक अभियन्ताहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले प्रतिनिधिसभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्नका लागि सडकमा उत्रनुपरेको बताएका छन् ।

उनीहरुले ‘संवैधानिक निकायको कब्जा बन्द गर,’ ‘संवैधानिक सर्वाेच्चता कायम गर,’ ‘निरंकुश सरकार चाहिँदैन,’ ‘संविधानविरुद्धको षड्यन्त्र बन्द गर,’ ‘काठमाडौं विश्वविद्यालयमा प्राज्ञिक, स्वच्छ र नयाँ उपकुलपतिछनौट गर,’ ‘प्रतिनिधिसभा मार्न पाइँदैन निरंकुश सरकार चाहिँदैन,’ ‘गंगामायाको सत्याग्रहको सुनुवाई गर । अपराध पीडितको न्याय सुनिश्चित गर,’ लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तय गरेकी थिइन् ।

त्यस यता काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा राजनीतिक दल, नागरिक समाजलगायत सामाजिक अभियान्ताहरुले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया