आजको मौसमः तराईमा हुस्सु, पहाडी क्षेत्रमा बदली हुने

काठमाडौँ । आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ ।
यसैबीच अहिले (बिहान) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । देशको उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। अहिले सामान्य बदली रहेको काठमाडौँ उपत्यकामा दिउँसो घाम लाग्ने मौसमविदहरुले बताएका छन् ।
प्रतिक्रिया