बुधबार, वैशाख १२, २०८१

भारतमा कोरोना खोप अभियानमा बलिउडकर्मीको समर्थन

नेपालखोज २०७७ माघ ४ गते १६:२२

एजेन्सी । भारतमा कोरोना खोप अभियानमा बलिउडकर्मीहरुले समर्थन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भारतमा कोरोना खोप अभियानको सुरुवात गरे, जसलाई बलिउडकर्मीले समर्थन गरेका छन् ।

बलिउड अभिनेत्री कंगना रनौत, प्रियंका चोपडा, परेश रावललगायतले सामाजिक सञ्जाल ट्वीटरमार्फत खुसी व्यक्त गर्दै स्वागत गरेका छन्। अभिनेत्री कंगनाले डा. रणदीप गुलेरीले कोरोना खोप लिइरहेको भिडियो सार्वजनिक गर्दै लेखिन्, “उत्तम १११ व्यग्र प्रतीक्षामा ।”

त्यस्तै, विवाहपश्चात् श्रीमान् तथा गायक नीक जोनससँग अमेरिकामा रहेकी प्रियंकाले भारतमा कोरोना खोप अभियानलाई स्वागत गर्दै ट्वीट गरेकी छिन् । “कोभिड खोप अभियानलाई व्यापकरूपमा सुरु गरेकोमा भारतीय अधिकारीहरु, चिकित्सा र स्वास्थ्य टोलीहरुमा बधाइ । विगत वर्षदेखि आफ्नो जीवन जोखिममा पारेर अरुको ज्यान बचाउन खटिएका फ्रन्टलाइन हिरोहरुप्रति सधैँ आभारी छु ।”

कलाकार परेश रावललेसमेत प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । त्यस्तै इशा देओल, कुनाल कपुरलगायतले पनि यस अभियानलाई स्वागत गर्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया