शुक्रबार, वैशाख ७, २०८१

बागमतीद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य

नेपालखोज २०७७ माघ ५ गते १३:२७

काठमाडौं । पृथु बाँस्कोटा र अदिल खानको अर्धशतकीय इनिङ्समा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको हो ।

बागमतीका लागि बाँस्कोटाले ९४ बलमा १० चौका र २ छक्काको मद्दतले ८४ रन बनाए । यस्तै अदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाए ।

यी दुई खेलाडीको उत्कृष्ट ब्याटिङमा बागमतीले जारी प्रतियोगिताको सबैभन्दा विशाल लक्ष्य प्रस्तुत गरेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२ रनको साझेदारी गरे भने पारस खड्काले २० रन प्रहार गरे ।

बागमतीविरूद्ध कमजोर देखिएको सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट, सन्तोष भट्ट र भोजराज भट्टले समान २/२ विकेट लिए यस्तै विनोद लामाले १ विकेट लिए ।

प्रतिक्रिया