शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई प्रदेश एकको सामान्य लक्ष्य

नेपालखोज २०७७ माघ ५ गते १३:३९

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको सामान्य लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटिएको थियो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४, मिनास थापाले २२, शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ तथा दिपेश कँडेलले १० रनको योगदान गरे ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले चाररचार तथा विपीन खत्रीले दुई विकेट लिए ।

प्रतिक्रिया