सोमबार, वैशाख २४, २०८१

कतारमा हुने विश्वकप अनौठो हुने कारणहरू

नेपालखोज २०७९ मंसिर ४ गते १२:१५

काठमाडौं । कतारमा आज आइतबारदेखि बिश्वकप फुटबल – २०२२ सुरु हुँदैछ । राम्रो र नराम्रो दुवै हिसाबले यो सबैभन्दा अनौठो प्रतियोगिता हुने बताइएको छ । यसलाई अद्वितीय बनाउने चीजहरू के-के हुन् त ?

दिनहुँ भरमार प्रतिस्पर्धा : यो १९७८ अर्जेन्टिना विश्वकप पछिको सबैभन्दा छोटो प्रतियोगिता हुनेछ अर्थात् सुरु देखि समाप्त हुने दिन सम्म २९ दिन मात्र चल्ने प्रतियोगिता (२० नोमेम्बर देखि १८ डिसेम्बर)। यसको अर्थ आयोजकहरूले समूह चरणका अधिकांश दिन चार वटा प्रतिस्पर्धा संचालन गर्नुपर्नेछ जसको समय छ – १०:०० , १३:०० , १६ : ०० तथा १९:०० जिएमटि (GMT ) । धेरैजसो विश्वकपमा प्रत्येक दिन तीनवटा खेल भएका छन्। समूह चरण र अन्तिम १६ को बीचमा कुनै अन्तर छैन किनभने नकआउट राउण्ड समुह चरणको भोलिपल्ट सुरु हुनेछ ।

सबैभन्दा टाढाका स्टेडियम

दोहाको उत्तरमा अल बायत स्टेडियम र राजधानीको दक्षिणमा अल जैनाब स्टेडियम छ र तिनको दूरी लगभग ६४ किलोमिटर छ । यो दूरी ट्राफिक भिडभाड नहुँदा ५० मिनेटमा छिचोल्न सकिन्छ ।

डिस्पोजेबल स्टेडियम : यो प्रतियोगिताका लागि तयार आठ वटा स्टेडियम मध्ये सात वटा ग्राउन्ड अपबाट निर्माण गरिएको छ। प्रतियोगितापछि सातवटा स्टेडियमका कुर्सीहरू हटाइने छन् भने स्टेडियम ९७४ पूरै भत्काइनेछ । उक्त स्टेडियम ढुवानी कन्टेनरबाट निर्माण गरिएको हो। यो प्रतियोगिता पछि केवल एउटै रंगशाला, अल रेयानको अहेम बिन अली बाँकी रहनेछ। फाइनल खेलपछि दुई लाख कुर्सी हटाएर विकासोन्मुख देशलाई दिइने आयोजक कतारले बताएको छ ।

आवासको अभाव

जनसंख्या वा आकारको हिसाबले विश्वको १०० सहरमा पनि नपुगेको देश कतारले विश्व कपका लागि आवास उपलब्ध गराउन सक्दैन। गएको मार्चमा देशमा ३० हजार होटल कोठा मात्रै थिए । जबकि आधिकारिक तथ्याङ्कले यो प्रतियोगिताका लागि विश्वभरबाट करिब १५ लाख मानिस आउने देखाएको छ । अहले करिब १ लाख ३० हजार कोठाको व्यवस्था गरिएको आयोजकहरुले बताएका छन ।

जसमा फ्यान गाउँ , टेन्ट तथा मेटल केबिन , अपार्टमेन्ट र भिल्ला , होटेल तथा दुईवटा क्रुज जहाजका कोठाहरु छन । यसको अर्थ केही खेलप्रेमीले खेल हेर्न छिमेकी राष्ट्र जस्तै ओमान, साउदी अरेबिया वा युएईमा बसेर उडान भर्नुपर्नेछ। ओमानले मस्कटदेखि दोहासम्म दैनिक २४ वटा विशेष उडान र नि:शुल्क भिसा अफर पनि उपलब्ध गराउँदै आएको छ ।

ठूलो परिमाणमा नयाँ पूर्वाधार

यो प्रतियोगिता आयोजना गर्न कतारले ठूलो संख्यामा पूर्वाधार निर्माण गरेको छ । स्टेडियम बाहेक सय नयाँ होटल, नयाँ सडक तथा मेट्रो निर्माण भइसकेको छ । लुसेल रंगशालाको वरिपरि नयाँ सहर तयार भएको छ । रंगशाला र तालिम केन्द्रका लागि मात्र ५ अर्ब ३ करोड पाउण्ड (करिब ७,८१०५६० अर्ब रुपैयाँ) खर्च गरिएको छ ।

ठूलो संख्यामा टिकट बिक्री : पर्याप्त आवास नभए पनि अक्टोबरसम्म २८ दशमलव ९ लाख टिकट बिक्री भइसकेका छन् । यसको अर्थ यो अहिलेसम्मकै सबैभन्दा बढी भीडभाडयुक्त विश्वकप हुने छ ।

बियरको कुरा : कतारमा एउटा बियरको मूल्य १० देखि १५ पाउण्ड (करिब १६ सय देखि २४ सय रुपैयाँ ) पर्छ। यद्यपि त्यहाँ कडा प्रतिबन्धहरू छन् जसका कारण सजिलैसँग बियर किन्न सकिदैन । कतारका इजाजतपत्र प्राप्त होटल, बार तथा रेस्टुरेन्टहरूमा सामान्यतया सित्तैमा बियर उपलब्ध हुन्छ । विश्वकपको समयमा फ्यान जोन तथा स्टेडियम बाहिरको मैदानमा बियर बेचिनेछ । फ्यान जोनमा ५०० एमएल बियरको मूल्य करीब १८०० रुपैयाँ पर्नेछ। यी तोकिएका ठाउँबाहिर रक्सी पिए ६ महिनाको जेल सजाय वा ७०० पाउण्ड (करिब एक लाख रुपैयाँ) जरिवाना हुन सक्छ ।

प्रतियोगितामा कार्बन उत्सर्जन

यो प्रतियोगिताका क्रममा ३६ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन हुनेछ । रसियामा सम्पन्न विश्वकपमा २१ लाख टन कार्बन उत्सर्जन भएको थियो।

आप्रवासी कामदारको मृत्युमा आलोचना : गत वर्ष गार्जियनमा प्रकाशित एउटा प्रतिवेदन अनुसार कतार आयोजक भएको सन् २०१० देखि २०२० सम्म भारत, पाकिस्तान, नेपाल, श्रीलंका, बंगलादेशका ६ हजार ५ सय आप्रवासी कामदारको मृत्यु भएको छ।

कतार सरकारले उक्त संख्या भ्रामक भएको बताएको छ किनभने ती सबै मृत्यु विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा काम गर्ने क्रममा भएका होइनन् । एम्नेस्टी इन्टरनेशनलले कतारका अधिकारीहरू वितेको दशकमा हजारौं आप्रवासी कामदारको मृत्यु भएपनि त्यसको छानबिन गर्न असफल भएको बताउँदै मृत कामदारहरुको सही तथ्यांक कसैसँग नभएको बताएको छ।

प्रतिक्रिया