बिहीबार, चैत १५, २०८०

वाग्मती प्रदेश सभा बैठक स्थगित

नेपालखोज २०७७ माघ ७ गते २०:२५

मकवानपुर । वाग्मती प्रदेशको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

बुधवारको बैठकमा सबै दलको संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराए । अब अर्को बैठक कहिले बस्छ भन्ने अन्योल पनि भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अविश्वास प्रस्तावमाथि मत विभाजन गर्नुपर्ने दाहाल–नेपाल समूहका सांसदले भन्दै आए पनि हिउँदे अधिवेशन सुरु भएको पहिलो दिनमै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रतिक्रिया