सिटिजन्स बैंकका ग्राहकहरुले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने
नेपालखोज
२०७७ माघ १२ गते २०:०३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी, काठमाडौंबीच एक सम्झौता भएको छ । उक्त सम्झौता पश्चात अब सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट प्राप्त गर्नेछन् ।
बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका हुन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए।टि।एम। र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया