शुक्रबार, चैत १६, २०८०

पिएम कप : पुलिसलाई पराजित गर्दै एपीएफ फाइनलमा

नेपालखोज २०७७ माघ १४ गते १६:५०

काठमाडौं । नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेस गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिसलाई ३० रनले पराजित गर्दै फाइनलमा प्रवेस गरेको हो ।

एपीएफ क्लबले दिएको २०४ रनको लक्ष्य पछाएको पुलिस क्लब ४९.२ ओभरमा अल आउट हुदै १७३ रन बनाएको हो ।

पुलिस क्लबका लागि पवन सराफले सर्बाधिक ४० रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३३, रशिद खानले ३४ रन, अनिल शाहले २१, आरिफ सेखले १६ तथा सागर ढकालले ११ रन बनाएका थिए ।

त्यस्तै एपीएफका बलर भुवन कार्कीले ४ विकेट लिए भने, कमल ऐरी, अविनाश बोहोरा र शरद भेस्वाकरले २(२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य दिएको थियो । एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २०३ रन बनाएको हो ।

एपीएफका लागि शंकर रानाले सर्बाधिक ४४ रन बनाएका थिए भने भुवन कार्कीले ४२ रन बनाएका थिए ।

त्यस्तै सन्दीप जोराले ३४ रनको योगदान दिए भने सुबास खकुरेल र कमल ऐरीले समान १९ रन बनाउन सफल भए । कप्तान शरद भेस्वाकरले १८ रन बनाए भने अविनाश बोहोरा ११ रनमा अविजित रहे ।

त्यसैगरी पुलिस क्लबका बलर आरिफ सेखले ३ विकेट लिएका थिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिएका थिए । त्यस्तै रशिद खान र सागर ढकालले एक एक विकेट लिएका थिए ।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच विहिबार खेल हुने छ ।

पिएम कपको फाइनल खेल आगामी शनिबार हुदै छ ।

प्रतिक्रिया